सेञ्चुरीले सेती फाइनान्स गाभ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीले सेती फाइनान्स गाभ्दै



काठमाडौं, २१ असार ।सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्स प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । यसअघि बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत कारोबारसमेत गरिसकेको छ ।

बैंकको असार १८ गते बसेको विषेश साधारणसभाले सगरमाथा फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ । यसअघि अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न एलओआई प्राप्त गरी बैंकले प्रक्रिया अगाडि बढाएको छ । सबै संस्थालाई गाभेर पनि नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी नपुग रकम चालू आर्थिक वर्षको नाफाबाट जुटाउने सेञ्चुरी बैंकले जनाएको छ ।

सबै संस्था गाभिएपश्चात् बैंकको कुल शाखा संख्या ९० वटा हुनेछ । बैंकले हालसम्म ५३ वटा शाखा, ३३ वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ काउन्टर र ५ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २१ असार २०७४, बुधबार ०८:३८