आज शेयर बजार बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज शेयर बजार बन्द रहने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ ।

१२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूको प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।अधिकांश ब्रोकरको टीएमएस प्रभावित भएपछि अपरिहार्य परिस्थितिका कारण आजको कारोबार रोक्ने विषयमा नेप्सेले योजना बनाएको छ । डाटा हबमा नेप्सेसहित १७–१८ वटा सरकारी निकायका रेकर्डसमेत रहेको बताइएको छ।

प्रकाशित : 21 September, 2026 12:59 pm