ज्योति विकास बैंकको शेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति विकास बैंकको शेयर लिलाममा



काठमाडौं, २१ असार । ज्योति विकास बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दा आवेदन नपरेको शेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक तर्फको २८ लाख १२ हजार ३ सय ३६ दशमलव ६० कित्ता र साधारणतर्फको ५ लाख ६५ हजार १ सय ७१ दशमलव ४० कित्ता शेयर लिलामीमा राखेको हो ।

लिलामीमा राखिएको शेयरमा लगानीकर्ताले असार २८ गते बैंकिङ समयभित्र आवेदन दिनु पर्नेछ । बैंकले शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रकाशित : २१ असार २०७४, बुधबार ०६:०८