ग्लोबल आइएमई व्यालेन्सड फण्ड–१ ले तोक्यो बुक क्लोज मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई व्यालेन्सड फण्ड–१ ले तोक्यो बुक क्लोज मिति



काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई व्यालेन्सड फण्ड–१ को इकाईधनी दर्ता किताब (बुक क्लोज) मिति तय गरेको छ। फण्डकाे आगामी असोज १२ गते सोमबार एक दिनका लागि बन्द रहने भएको हो।

क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। असोज ९ गते शुक्रबारसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्ने छन्। भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

प्रकाशित : 18 September, 2026 11:59 am