कुमारी बैंकले गर्‍यो नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकले गर्‍यो नगद लाभांश घोषणा



काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा लाभांश करसमेत समावेश छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको छ। राष्ट्र बैंकबाट स्वीकृति पाएपछि लाभांशको प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभामा पेश हुनेछ। साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

बैंकका अनुसार यस वर्ष बोनस सेयर प्रस्ताव गरिएको छैन। बैंकको हालको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।

प्रकाशित : 16 September, 2026 1:16 pm