एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर बिक्रीका लागि निर्धारित प्रक्रिया पूरा गर्दै अब खुला रूपमा आवेदन आह्वान गरेको हो ।

प्रकाशित : 3 September, 2026 2:24 pm