इन्भेष्टमेन्ट, प्रभु र सिद्धार्थ बैंकबाट सेयर क्लियरिङसुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्भेष्टमेन्ट, प्रभु र सिद्धार्थ बैंकबाट सेयर क्लियरिङसुरु



काठमाडौं १८ असार ।आज देखि चार वटा बैंकबाट सेयर क्लियरिङको काम सुरु भएको छ । हालसम्म धितोपत्र कारोबारको रकमको क्लियरिङ ग्लोबल बैङ्क लिमिटेड मार्फत मात्र हुँदै आएकोमा आइतवारदेखि थप तीनओटा बैङ्कले पनि क्लियरिङ बैङ्कको रूपमा काम थालेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबाट धितोपत्र कारोबार रकमको क्लियरिङ हुने भएको हो ।

यी तीन बैंकमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लीड बैङ्कका रूपमा नेपाल इन्भेष्टमेण्ट बैङ्कलाई छनोट गरेको छ । तोकिएको मापदण्डका आधारमा नेपाल इन्भेष्टमेण्ट बैङ्क प्रथम श्रेणीमा परेकाले यसलाई नै लीड बैङ्कका रूपमा छानिएकोे कम्पनीले जनाएको छ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ०८:४६