बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा



काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ।महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो।

प्रकाशित : 30 August, 2026 11:25 am