बाढीपीडितका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अटो

बाढीपीडितका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गरेको छ।

नाडाले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राष्ट्रिय विपद्को यस घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा राज्यसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको नाडाले जनाएको छ। साथै, नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न आह्वान गरेको छ।

नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

विपद्पछिको अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परताप्रति पनि नाडाले आभार व्यक्त गरेको छ। सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ।

यसैबीच, विपद्का कारण आर्थिक गतिविधिमा समेत असर पर्न सक्ने भन्दै नाडाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेको भन्दै नाडाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीद्वारा जारी विज्ञप्तिमा विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रकाशित : ११ भदौ २०८३, बिहिबार १३:०८ 27 August, 2026 1:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।