अटो लोनमा राष्ट्रिय वाणिज्य बैंकको आक्रामक अफर, ५.०२ प्रतिशत ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अटो लोनमा राष्ट्रिय वाणिज्य बैंकको आक्रामक अफर, ५.०२ प्रतिशत ब्याज



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका सवारीसाधन खरिदका लागि ५.०२ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार उक्त ब्याजदरमा अधिकतम सात वर्ष अवधिका लागि अटो कर्जा उपलब्ध हुनेछ। विद्युतीय तथा पेट्रोलियम सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा अघि सारेको हो।

बैंकका प्रतिनिधिहरूका अनुसार हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले बेस रेटमा थोरै प्रिमियम थप गरी सवारीसाधन कर्जा उपलब्ध गराउन सकिएको हो। प्रणालीमा रहेको अधिक तरलतालाई कर्जा प्रवाहमार्फत उपयोग गर्ने क्रममा सवारी कर्जालाई पनि प्राथमिकतामा राखिएको उनीहरूको भनाइ छ।

नाडा अटो शो–२०२६ का अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आकर्षक ब्याजदरमा अटो लोन योजना ल्याइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको ५.०२ प्रतिशत ब्याजदरको कर्जा योजना सवारीसाधन खरिदकर्ताका लागि प्रतिस्पर्धी विकल्पका रूपमा आएको छ।

प्रकाशित : 26 August, 2026 10:19 pm