काठमाडौं । लक्ष्मी सनराइज बैंकले नाडा अटो शो–२०२६ लाई लक्षित गर्दै ५.४९ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।
नाडा अटो शो–२०२६ का अवसरमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराई खरिद प्रक्रिया सहज बनाउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।
अटो शोमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आकर्षक ब्याजदर र कर्जा योजनाहरू सार्वजनिक गरिरहेका बेला लक्ष्मी सनराइज बैंकको ५.४९ प्रतिशत ब्याजदरको अटो लोन पनि सवारीसाधन खरिदकर्ताका लागि आकर्षक विकल्पका रूपमा आएको छ।


Comment