काठमाडौं । नबिल बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.१७ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना ल्याएको छ।
बैंकका अनुसार नयाँ सवारीसाधन खरिदका लागि उपलब्ध गराइने अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ। प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराएर ग्राहकलाई नयाँ सवारीसाधन खरिदमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको हो।
नबिल बैंकले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन महिनाको औसत बेस रेट ४.४२ प्रतिशत रहेको छ। सोही आधारमा अटो कर्जाको ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ।
नयाँ सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबीच कर्जा योजनामा प्रतिस्पर्धा बढिरहेका बेला नबिल बैंकको ५.१७ प्रतिशत ब्याजदरको अटो लोन ग्राहकका लागि आकर्षक विकल्पका रूपमा आएको छ।


Comment