सहकारीकर्मी र सञ्चारकर्मी भिड्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीकर्मी र सञ्चारकर्मी भिड्दै



काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले जिनोब इन्क. प्रा. लि.ले विकास गरेको फिनएक्स सीबीएस ‘सम्पूर्ण सहकारी सफ्टवेयर इकोसिस्टम’को मुख्य प्रायोजनमा भदौ १६ गते ‘स्वास्थ्यका लागि खेलकुद’ शीर्षकको नाराका साथ सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच एक दिवसीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने तय गरेको हो ।

काठमाडौंको थापागाउँस्थित रोयल फुट्सलमा बिहान साढे १० बजेदेखि सञ्चालन हुने प्रतियोगितामा सहकारीकर्मी र सिजेएनका सदस्यहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने छ । यस प्रतियोगिताको मुख्य विशेषताका रुपमा महिला र पुरुष खेलाडीहरुका लागि छुट्टाछुट्टै टिम नबनाई दुवै समावेश भएको मिश्रित साझा टिम बनाएर प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

सिजेएनको साउन २९ गते बसेको कार्यसमितिको बैठकले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेर हर्षोल्लासपूर्वक स्थापना दिवस मनाउने निर्णय गरेको थियो । खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नुका साथै सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच आत्मीय सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ समाजले फुटसल प्रतियोगिता आयोजना गर्नलागेको जनाएको छ ।

सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि, हकहित संरक्षण र वृत्ति विकास गर्ने मुख्य उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको समाज यही भदौ १९ गते देखि १६औं वसन्तमा प्रवेश गर्नलागेको हो ।

प्रकाशित : 18 August, 2026 6:11 pm