HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, सीमित अवधिका लागि FreeBuds SE 2 निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, सीमित अवधिका लागि FreeBuds SE 2 निःशुल्क



काठमाडौं । HUAWEI Consumer उत्पादनको नेपालका लागि राष्ट्रिय वितरक Call Mobility Pvt. Ltd. ले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी तथा व्यावसायिक फिटनेस सुविधासहितको HUAWEI WATCH FIT 5 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नयाँ स्मार्टवाच NPR 43,990 मा नेपालभर उपलब्ध हुनेछ। लन्च अवसरमा ग्राहकलाई लक्षित गर्दै सीमित अवधिका लागि विशेष अफरसमेत ल्याइएको छ। जसअनुसार WATCH FIT 5 Pro खरिद गर्ने ग्राहकले NPR 5,490 मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क प्राप्त गर्नेछन्।

प्रिमियम डिजाइन र दमदार डिस्प्ले

HUAWEI WATCH FIT 5 Pro मा Black Fluoroelastomer, Orange Grey Nylon र White Fluoroelastomer स्ट्र्याप विकल्प उपलब्ध छन्। प्रयोगकर्ताले आफ्नो रुचि र शैलीअनुसार स्ट्र्याप छनोट गर्न सक्नेछन्।

स्मार्टवाचमा 1.92 इन्चको डिस्प्ले, केवल 1.8 एमएम अल्ट्रा-स्लिम बेजेल र अधिकतम 3,000 निट ब्राइटनेस रहेको छ। यसले प्रत्यक्ष घाममा समेत डिस्प्लेमा रहेको सामग्री स्पष्ट रूपमा हेर्न सहज बनाउने कम्पनीको दाबी छ।

फिटनेसदेखि आउटडोर एडभेन्चरसम्म

WATCH FIT 5 Pro मा रहेको Mini-Workout Mode ले ३० सेकेन्डदेखि केही मिनेटसम्मका छोटा तथा निर्देशित व्यायाम उपलब्ध गराउँछ। यसले व्यस्त दैनिकीमा समेत प्रयोगकर्तालाई नियमित रूपमा सक्रिय रहन सहयोग गर्नेछ।

आउटडोर गतिविधिमा रुचि राख्ने प्रयोगकर्ताका लागि Trail Run Mode मा सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको ट्रेन्ड तथा अनुमानित आगमन समयलगायतका सुविधा समावेश छन्।

त्यस्तै, गल्फ खेलाडीका लागि स्मार्टवाचमा विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रीन भ्यु तथा स्विङ विश्लेषण सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

स्वास्थ्य निगरानीमा थप सुविधा

स्वास्थ्य निगरानीतर्फ WATCH FIT 5 Pro मा A-fib तथा premature beat alerts, ECG र arterial stiffness detection जस्ता सुविधा समावेश छन्।

महिला प्रयोगकर्ताका लागि wrist temperature tracking सहितको Women’s Health Monitoring सुविधा पनि उपलब्ध छ।

ब्याट्री क्षमतातर्फ हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ। यसले दैनिक जीवनशैली तथा नियमित फिटनेस गतिविधिका लागि स्मार्टवाचलाई उपयोगी बनाउने अपेक्षा गरिएको छ।

मूल्य र अफर

HUAWEI WATCH FIT 5 Pro को नेपाली बजार मूल्य NPR 43,990 तोकिएको छ। स्मार्टवाच नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साथै, सीमित अवधिका लागि WATCH FIT 5 Pro खरिद गर्ने ग्राहकले NPR 5,490 मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क प्राप्त गर्नेछन्। अफरको अवधि र उपलब्धता सम्बन्धी थप जानकारीका लागि आधिकारिक विक्रेता तथा HUAWEI का आधिकारिक माध्यममार्फत जानकारी लिन सकिनेछ।

प्रकाशित : 18 August, 2026 1:54 pm