काठमाडौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४७.५८ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक खुद नाफामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँको वृद्धि भएको हो।
कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ। समीक्षा अवधिमा नेपाल टेलिकमले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ सञ्चालन आय आर्जन गरेको छ। जुन अघिल्लो वर्षको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँभन्दा ३.१२ प्रतिशत बढी हो।
त्यस्तै, कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो।
करअघिको नाफामा समेत उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतको वृद्धि हो।
नेपाल टेलिकमको भ्द्यक्ष्त्म्ब् पनि १०.७३ प्रतिशतले बढेर २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९.२५ रुपैयाँ कायम भएको छ।
कम्पनीका अनुसार ब्याजदरमा आएको कमीका कारण ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँले घटेको हो। तर, न्क्ः सेवाबाट हुने राजस्वमा वृद्धि भएपछि समग्र सञ्चालन आय बढाउन सहयोग पुगेको कम्पनीले जनाएको छ।
जीएसएम सेवाबाट प्राप्त राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ। नेपाल टेलिकमले दुर्गम तथा विकट क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।


Comment