सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर लिलामीमा बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर लिलामीमा बिक्री खुला



काठमाडौं १४ असार ।  सिद्धार्थ डेभलपमेन्ट बैंकले बुधबार देखि ८ लाख ५७ हजार ४३७.०१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसआधारमा बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८.४५ कित्ता र सर्वसाधारण समूहको ४ लाख ५१ हजार ५४८.५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । न्यूनतम मूल्य १०० रुपैयाँदेखि माथि भाउ तोकी आवेदन दिन पाइनेछ । बोलपत्र लिलामीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा पुग्ने गरी पेस गर्नुपर्नेछ । २१ गतेसम्म आवेदन दिन सकिनेछ । सिद्धार्थले गत वैशाख ८ देखि जेठ १० गतेसम्म ६० प्रतिशत  हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद निष्कासनका बेला सबै सेयर नबिकेपछि बैंकले लिलामीमा ल्याएको हो । लगानीकर्ताले दुवै समूहतर्फ न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

बोलपत्र असार २३ गते दिउँसो १ बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा खोलिने बैंकले जनाएको छ । सिद्धार्थले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा चुक्ता पुँजी १ अर्ब ४१ करोड ९१ लाख ६८ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि बैंकको चुक्ता पुँजी २ अर्ब २७ करोड ६ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६० पैसा छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंकले एक्वायर गर्न लागेको छ । सिद्धार्थ १ः१ स्वाप रेसियोमा एक्वायर हुन लागेको हो । यसलाई दुवै बैंकको विशेष साधारण सभाले पारित गरिसकेको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०७:२९