रिलायबल समृद्धि योजनाको ८.४२१०५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

रिलायबल समृद्धि योजनाको ८.४२१०५ प्रतिशत लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवद्र्धक तथा कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको ६७औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित कोषबाट इकाईधनीलाई करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार प्रस्तावित लाभांशको कुल रकम रु. १० करोड १० लाख ५२ हजार ६३१.५८ पैसा रहेको छ। लाभांश वितरण प्रयोजनका लागि योजनाले भदौ १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ भदौ ९ गतेसम्म कायम इकाईधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार १२:४१ 13 August, 2026 12:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।