सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

‘नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्वपूर्ण रहँदै आएको छ, उनले भने, ‘आज प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य छ ।’

उनले युवाका लागि अवसर सिर्जना गर्दै उनीहरूको क्षमता र प्रतिभालाई देशको विकासमा उपयोग गर्न सबै पक्षले पहल गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवामा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : 12 August, 2026 10:33 am