NAIMA 2026 मा Ather को धमाका, नयाँ 450X Overtones Series सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

NAIMA 2026 मा Ather को धमाका, नयाँ 450X Overtones Series सार्वजनिक



काठमाडौं । वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक वितरक Ather Nepal ले NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ Ather 450X Overtones Series सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा सञ्चालन हुने एक्स्पोमा एथरले नयाँ 450X Overtones सँगै 450 सिरिजमा उपलब्ध Magic Twist, Infinite Cruise र Voice on Ather लगायतका नयाँ प्रविधि पनि प्रस्तुत गरेको हो।

Hall C, Stall C2 मा रहेको एथरको स्टलमा आगन्तुकहरूले नयाँ स्कुटरसहित विभिन्न प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। कम्पनीका अनुसार नयाँ उत्पादन तथा सुविधाले सफ्टवेयर, राइडर–केन्द्रित इन्जिनियरिङ र आधुनिक डिजाइनलाई एकसाथ प्रस्तुत गरेका छन्।

नयाँ डिजाइनमा Ather 450X Overtones

नयाँ Ather 450X Overtones Series ले एथरको performance scooter लाइनअपमा नयाँ डिजाइन भाषा प्रस्तुत गरेको छ। 450 को तीक्ष्ण तथा फ्युचरिस्टिक सिल्हूटलाई निरन्तरता दिँदै Overtones Series मा tone-on-tone डिजाइनसहित Still White, Space Grey र Lunar Grey गरी तीन नयाँ कलरवे उपलब्ध गराइएको छ।​​​​​​​

एथरले 450 को ‘under-the-skin performance’ दर्शनलाई कायम राख्दै आधुनिक टेक्स्चर तथा डिजाइन डिटेलिङमार्फत स्कुटरको एरोडाइनामिक स्वरूपलाई थप आकर्षक बनाएको जनाएको छ।

Magic Twist ले ब्रेकिङमा सहजता

450 सिरिजमा उपलब्ध Magic Twist प्रविधिले थ्रोटललाई पछाडितर्फ ट्विस्ट गरेर स्कुटरको गति कम गर्न सकिने सुविधा प्रदान गर्छ। यसले दैनिक सवारीका क्रममा धेरै अवस्थामा ब्रेक लेभर प्रयोग गर्नुपर्ने आवश्यकता कम गर्ने कम्पनीको भनाइ छ।

इलेक्ट्रिक मोटरमार्फत गति घटाउने क्रममा regenerative braking प्रयोग हुने भएकाले ऊर्जा पुनः प्राप्त गर्नसमेत सहयोग पुग्छ। कम्पनीका अनुसार Magic Twist ले स्कुटरलाई पूर्ण रूपमा रोक्न सक्ने तथा ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा समेत काम गर्न सक्छ।

Infinite Cruise र Voice on Ather

Infinite Cruise लामो दूरी तथा स्थिर ट्राफिकमा समान गति कायम राख्न सहयोग गर्ने सुविधा हो। यसले लगातार थ्रोटल इनपुट दिइरहनुपर्ने आवश्यकता घटाउँदै लामो यात्रालाई थप सहज बनाउने कम्पनीले जनाएको छ।

त्यस्तै, AtherStack 7.0 द्वारा सञ्चालित Voice on Ather ले compatible Bluetooth headset वा smart helmet मार्फत आवाजको प्रयोग गरी स्कुटरसँग अन्तरक्रिया गर्न सकिने सुविधा दिएको छ। यसमार्फत गन्तव्य खोज्ने, navigation सुरु गर्ने, charging station पत्ता लगाउने तथा समर्थित scooter settings नियन्त्रण गर्न सकिन्छ।

६ किलोवाटको फास्ट चार्जर

एथरले नयाँ 6 kW Fast Charger समेत सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको riding range थप्न सक्छ। नयाँ चार्जरले नेपालमा एथरको charging ecosystem विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

नेपालमा नयाँ Ather 450X Overtones Series अगस्ट ११, २०२६ देखि उपलब्ध हुनेछ। एथरको 450 Series को सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ र Rizta Series को सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ।

एथर स्कुटर जित्ने अवसर

NAIMA 2026 मा एथरले Ather Giveaway Campaign समेत सञ्चालन गरेको छ। आगन्तुकले एथरका आधिकारिक सामाजिक सञ्जाल पेज फलो गरी Hall C, Stall C2 मा पुगेर एथर स्कुटरसँग फोटो खिच्नुपर्नेछ। उक्त फोटो सामाजिक सञ्जालमा पोस्ट गरी @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै दुई साथीलाई ट्याग गरेपछि प्रतियोगितामा सहभागी हुन सकिनेछ।

वैद्य इनर्जी प्रा.लि.का CEO Suryansh Vaidya ले 450 ले सुरुदेखि नै performance को प्रतिनिधित्व गर्दै आएको बताउँदै Overtones ले नयाँ डिजाइन तथा Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता सुविधामार्फत दैनिक राइडिङलाई थप सहज बनाउने बताए। उनका अनुसार NAIMA 2026 नयाँ प्रविधि प्रत्यक्ष अनुभव गर्ने उपयुक्त अवसर बनेको छ।​​​​​​​

NAIMA 2026 मा एथरको Pavilion भ्रमण गर्ने आगन्तुकले नयाँ 450X Overtones Series, विभिन्न स्मार्ट फिचर, 6 kW Fast Charger तथा कम्पनीको charging ecosystem बारे जानकारी लिन सक्नेछन्।

प्रकाशित : 11 August, 2026 4:46 pm