कुमारी बैंकको ३ लाख २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको ३ लाख २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशिकाअनुसार उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ । संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई हुने भएकाले हाल बैंकका कायम संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन सकिनेछ ।

उक्त संस्थापक शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले स्पष्ट पारेको छ ।

तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित : 9 August, 2026 10:15 am