काठमाडौँ १३ असार । मंगलबार नेप्से २ दशमलव ६३ अंकले ओरालो लागेको छ। ।मंगलबार कारोबार मा आएका १५१ कम्पनी को १० लाख २८ हजार ७ सय ५० कित्ता सेयरबाट ६१ करोड ९१ लाख ३४ हजार ६ सय ३९ रुपैयाको कारोबार भएको छ।
मंगलबार विकस बैँक , इन्स्योरेन्स र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । मंगलबार इन्स्योरेन्स समुह ५ दशमलव ४२ अंकले उकालो लागेको छ । मंगलबार विकास बैँक समुह ० दशमलव ५९ अंकले र अन्य समुह ० दशमलव २९ अंकले उकालो लागेको छ।
मंगलबार जलविधुत समुह ९ दशमलव ७६ अंकले, फाइनान्स समुह ६ दशमलव ७८ अंकले, उतपादनमुलक समुह ५ दशमलव ०४ अंकले, बैँक समुह ३ दशमलव ४७ अंकले र होटल समुह ३ दशमलव ४ अंकले ओरालोे लागेको छ।
१३ असार २०७४, मंगलवार १०:०१
Comment