होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

साथै, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्ताव तथा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल तथा पारित गरिनेछ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण, वार्षिक प्रतिवेदनलगायतका नियमित प्रस्तावहरू समेत पारित गर्नेछ ।

होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासनमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तथा प्राप्त पुँजीलाई व्यवसाय विस्तार र पूर्वाधार विकासमा उपयोग गर्ने तयारी गरेको छ ।

प्रकाशित : 6 August, 2026 10:57 am