काठमाडौं १३ असार । काठमाडौं महानगरपालिकाले साझा यातायातलाई थप ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरभित्र ठूला सवारीसाधन संचालनमा ल्याई ट्राफिक ब्यवस्थापनलाई सहयोग गर्न महानगरले साझालाई थप रकम दिन लागेको हो । महानगरले आज नै एक कार्यक्रमको आयोजना गरि साझालाई थप रकम प्रदान गर्न लागेको हो ।
साझासँगको सम्झौत अनुसार ५ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण कार्यक्रम रहेको छ । ठूला सवारी प्रवद्र्धन गर्न महानगरपालिकाले साझासँग साझेदारी गर्दै आएको छ । जसअनुसार महानगरले साझा यातायातलाई यस अघि १० करोड रुपैयाँ प्रदान गरेको थियो । सो रकमबाट साझाले थप ३० वटा बस संचालनमा ल्याएको थियो । महानगरले ५ करोड रुपैयाँ दिएसँगै १३ वटा ठूला बस थपिने साझाले जानकारी दिएको छ ।
Comment