काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज सानिमा क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘सानिमा इक्विटी फन्ड–२ र एलएस क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘एलएस होराइजन–१२ सूचीकृत भएका छन्।
नेप्से र सम्बन्धित मर्चेन्ट बैंकरबीच भएको सम्झौताअनुसार सानिमा इक्विटी फन्ड–२ का १२ करोड ५० लाख इकाइ प्रतिइकाइ रु. १० अंकित मूल्यमा सूचीकृत भएका हुन्। उक्त फन्डको सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि जेठ ४ गते, २०८३ सम्म खुला गरिएको थियो।
त्यसैगरी, एलएस होराइजन–१२ का १५ करोड इकाइ पनि प्रतिइकाइ रु. १० अंकित मूल्यमा नेप्सेमा सूचीकृत भएका छन्। यस फन्डको सार्वजनिक निष्कासन वैशाख ३० गतेदेखि जेठ ६ गते, २०८३ सम्म सर्वसाधारणका लागि खुला गरिएको थियो।
नेप्सेका अनुसार दुवै क्लोज्ड–एन्ड म्युचुअल फन्डको दोस्रो बजार कारोबार बिहीबारदेखि सुरु हुने अपेक्षा गरिएको छ। सूचीकृत इकाइहरू क्रमशः ‘SAEF2’ र ‘LSH12’ कारोबार संकेत (ट्रेडिङ सिम्बोल) अन्तर्गत किनबेच हुनेछन्।


Comment