नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त



काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका विभिन्न उम्मेदवारमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि डा. आलमलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। नवनियुक्त अध्यक्ष आलमले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोहपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै अघि बढाउन निर्देशन दिइन्। साथै, उनले फार्मेसी शिक्षाको प्रभावकारी नियमन, औषधि सेवाको गुणस्तर सुधार, पेसागत नियमन सुदृढीकरण तथा स्वास्थ्य क्षेत्रप्रति आम नागरिकको विश्वास अभिवृद्धिका लागि परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

नवनियुक्त अध्यक्ष डा. आलमले परिषद्को संस्थागत क्षमता अभिवृद्धि गर्दै फार्मेसी शिक्षा, औषधि सेवा र पेसागत मापदण्डलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित : 5 August, 2026 1:42 pm