भदौ १४ देखि सन नेपाल लाइफका संस्थापक र कर्मचारीको लक–इन सेयर खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौ १४ देखि सन नेपाल लाइफका संस्थापक र कर्मचारीको लक–इन सेयर खुल्ने



काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयरको ‘लक–इन’ अवधि भदौ १४ गते समाप्त हुन लागेको जानकारी गराएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रकाशित सूचनामा नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कम्पनीका कुल ५ करोड २८ लाख २७ हजार ३६ कित्ता सेयरमध्ये संस्थापक र कर्मचारीको स्वामित्वमा रहेका सेयरको लक–इन अवधि भदौ १४ गतेबाट समाप्त हुने जनाएको हो।

सूचनाअनुसार लक–इन अवधि समाप्त हुन लागेको सेयरमध्ये संस्थापकतर्फ ३ करोड ६९ लाख ३१ हजार ५५५ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता गरी कुल ३ करोड ७७ लाख २४ हजार २४ कित्ता रहेको छ।

यद्यपि, कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ।

प्रकाशित : 30 July, 2026 1:24 pm