कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बुधबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

नेकपा एमाले समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । बुधबार मुख्यमन्त्रीको सपथ भए पनि सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा अन्य मन्त्रीहरुको नियुक्ति रोकिएको छ । 

दुबै दलले अडान कायमै रहेपछि मन्त्रालयको भागबण्डामा सहमति नजुटेको हो ।

प्रकाशित : १३ श्रावण २०८३, बुधबार १६:३० 29 July, 2026 4:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।