गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने



काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।  मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो । बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको थियो । बैठकले पारित गरेको निर्णयअनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ । यस्तै, श्रावण १४ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द रहने निर्णय गरिएको छ ।

पार्टीले स्वर्गीय श्रेष्ठको सम्मानमा स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाएको छ ।

त्यसैगरी, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरिने तथा त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित : 29 July, 2026 11:05 am