काठमाडौं । नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत गायक सुनिल थापा मगरको “सोल्टिनी सेवारो” नामक बोल्को गितले चर्चा बटुल्न थालेको छ । गायक तथा संगितकार एनिस एन्जल राइ को शब्द संगितमा तयार भएको उत्त गित गायक सुनिल थापा मगरको सुमधुर आवाजमा सजिएको यो गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेम, समन्वय र भावनात्मक उत्तर–चढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाउन सफल भएको छ ।
यस गीतका शब्द एनिश एन्जल राईले रचना गरेका हुन भने संगितकार को रुपमा पनि राईले नै यस गितमा भुमिका गरेका हुन साथै यस गितलाई राजु कार्किको संगीत संयोजनको भूमिका रहेको छ । गायक सुनिल थापा मगरको आवाजमा तयार भएको यो प्रेमिल “सोल्टिनी सेवारो” बोलको गितले बिशेष भाका ठाउँ समुदाय र माया प्रेम र स्पर्स शैलीलाई समेट्दै नयाँ स्वाद प्रस्तुत गरेका छ।
तसर्थ यश गितलाइ अझ थप उचाइमा पुर्याउन गीतको रेकर्डिङमा बिपलभ अधिकारीले ड्रिम्स् रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन् भने यश गितलाई उत्त मिक्सिङ तथा मास्टरिङ को जिम्मेवारी प्रकाश केसी ले सम्हालेका छन् । प्राविधिक रूपमा पनि गीत उत्तिकै उत्कृष्ट बनेको प्रतिक्रिया दर्शक श्रोताबाट आइरहेको देख्न पाइन्छ ।

“सोल्टिनी सेवारो” विशेषगरि राई लिम्बू समुदायको रितिरिवाज लाई विशेष मुल आधारमा तयार पारिएको सब्द,संगितमा देख्न पाइन्छ भने भिडियो को कथामा पनि झल्किन्छ गीतले प्रेम र समन्ध कथा मात्र नभई समकालीन युवा पुस्ताको भावनालाई समेत समेटेको छ । सब्द,संगीत र आवाज सशक्त संयोजनका कारण यो गीत आगामी दिनमा अझै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
साथै यश गित मकवानपुर जिल्ला को केही रमणीय ठाउँहरुमा विशेष छायांकन गरिएको पाइन्छ । यश गितको भिडियोमा गायक मगर आफैले अभिनय गरेको देख्न पाइन्छ भने गायक मगरलाइ नायिका रेबिका मगरले साथ दिएको हेर्न सकिन्छ उक्त भिडियो मा भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गरेका हुन भने क्यामेरा ड्रोन मा सन्जोक श्रेष्ठले भुमिका निर्बाह गरेका हुन भने प्रडक्सन मा गायक योगेस राना मगरले सम्हालेका थिए र श्रृङ्गारमा प्रिया मगरले भुमिका निर्बाह गरेका छन भने उत्त यश भिडियोलाइ एकान्त मगरले निर्देशन तथा करेक्सन साथै कलरको विशेष भुमिका खेलेको देख्न पाइन्छ।
नेपाली संगीत क्षेत्रमा नयाँ उचाइ छुन तयार देखिएको यो सिर्जनाले गायक सुनिल थापा मगरलाई आम दर्शक श्रोताले खुलेर स्वागत गरिरहेका छन् । गीत अब दर्शकको मन जित्दै सफलताको यात्रामा अघि बढेको पनि देख्न पाइन्छ ।


Comment