असार १४ गते निर्वाचन हुने स्थानमा मात्रै सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

असार १४ गते निर्वाचन हुने स्थानमा मात्रै सार्वजनिक विदा



काठमाडौँ ११ असार । सरकारले दोश्रो चरणको स्थानीय निकायको चुनाव अन्तर्गत सार्वजनिक विदा दिने भएको छ । निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाटै सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द समेत भएको जनाइएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको हो ।

मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार सरकारले यसअघि नै यो निर्णय गरेको थियो ।

मतदानको दिन असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्बजनिक संस्थानहरुमा सार्बजनिक विदा हुनेछ ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०९:३५