काठमाडौं । नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताएका छन् ।
४४औं बीपी स्मृती दिवसको आवसरमा राजधानिमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले बीपीले समावेशी लोकतन्त्रको अभ्यास शब्दभन्दा व्यवहारबाट गरेको बताए ।
उनले भने, ‘सामाजिक न्यायलाई छाड्नु भयो भने, मानव कल्यानलाई छाड्नु भयो भने, लोकको कल्याणलाई छाड्नु भयो भने, नैतिक अधिकार र नैतिक विषय लाई छाड्नु भयो भने विकास दिगो हुन्छ कि हुँदैन भनेर छाड्नु भयो भने त्यहाँ बीपीले कुराले चर्चा मात्र गर्नु भएन आफै अभ्यास पनि गर्नु भयो ।’
उनका अनुसार बीपीको स्पष्ट मान्यता थियो कि सामाजिक न्याय, मानव कल्याण र सबै समुदायको सहभागिताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । विकासको प्रक्रियामा नैतिक मूल्य र नागरिकको हितलाई बेवास्ता गरिए दिगो विकास सम्भव नहुने सन्देश बीपीले आफ्नो राजनीतिक जीवनबाट व्यवहारमै देखाएको उनले उल्लेख गरे ।
दक्षिण एसियामै महिलाको राजनीतिक सहभागिता सीमित रहेका बेला बीपीले मन्त्रिपरिषद्मा महिलालाई अवसर दिएको, दलित नेतालाई पार्टीको महामन्त्री बनाएको तथा विभिन्न जातजाति, भाषा र समुदायलाई राज्यका संरचनामा सहभागी गराएको उनले उल्लेख गरे ।
उनले भने, ‘दक्षिण एशियमानै कुनै महिलाले सरकारमा सहभागिता हुने अवसर प्राप्त नगर्दै गर्दा आफ्नो मन्त्री मण्डलमा सहभागी गराई र वा एउटा दलितको प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर वा सबै जात जाती भाषा भाषी सबैलाई समेटेर संसद वा मन्त्री बनाएर वीपी कोइरालाई त्यो बोलामा नेपालका प्रजातन्त्र समावेशी नभईकन अगाडी बढ्यो भने त्यो प्रजातन्त्र पुरा हुँदैन भनेर हामीलाई सिकाउनु भयो ।’
उनले जलवायु परिवर्तनको शब्दावली त्यसबेला प्रचलनमा नभए पनि बीपीले विकास, मानव कल्याण, सामाजिक न्याय र नैतिक जिम्मेवारीलाई जोडेर दिगो विकासको आधार प्रस्तुत गरेको बताए ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, समावेशिता र सामाजिक न्यायका अवधारणाहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।


Comment