साइबर आक्रमणको निशानामा बेलायत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

साइबर आक्रमणको निशानामा बेलायत



एजेन्सी, ११ असार। लगातार आतंकवादी हमला बेहोरिरहेको बेलायतले साइबर आक्रमणको निशानामा परेको छ। बेलायती संसदमा लक्षित गरेर अज्ञात समुहले साइबर आक्रमण गरेको छ। आक्रमणमा सांसद तथा कर्मचारीको इमेल ह्याक गर्ने जबरजस्त कोशिस गरिएको थियो।

अधिकारीहरुले जनाए अनुसार ह्याकरहरुले बेलायती संसदको इमेल ह्याक गर्न जोडदार प्रयास गरेका थिए।

ह्याक गर्ने कोशिसपछि अधिकारीहरुले तत्काल सांसद तथा कर्मचारीहरुको इमेलको रिमोट एक्सेस बन्द गरेका थिए। यसैकारण जो सांसद तथा कर्मचारी लण्डन बाहिर छन उनिहरुले न इमले पढ्न सक्छन् न त पठाउन नै।

बेलायती संसदका प्रवक्ताले भनिन्-“हामीले पत्ता लगायौ कि संसद भित्रका इमेल एक्सेस गर्ने अनिधिकृत प्रयास भईरहेको छ ।संसदमा सबै एकाउण्ट र सिस्टमहरुको सुरक्षा गर्ने मजबुत व्यवस्था छ। हामीले सुरक्षाका लागि आवश्यक कदम उठाइरहेका छौं ।”

एक महिना अगाडी मात्र बेलायतका राष्ट्रिय स्वास्थ्य सेवाका आईटी सिस्टममा ह्याकरको ठुलो आक्रमण भएको थियो।

इन्टरनेशनल ट्रेड सेक्रेटरी लियाम फक्सले केही दिन यता क्याबिनेट मन्त्रीहरुकै पासवर्ड इन्टरनेटमा राखिएको रिपोर्टहरु हेरिरहेको जानकारी गराएका छन्।

प्रकाशित : ११ असार २०७४, आईतवार ०२:२८