तयार रहनुस,कामना विकास बैंकको ३० प्रतिशत हकप्रद शेयर आइतबारबाट निष्काशन हुँदैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तयार रहनुस,कामना विकास बैंकको ३० प्रतिशत हकप्रद शेयर आइतबारबाट निष्काशन हुँदैछ



काठमाडौं, १० असार । कामना विकास बैंकको १० बराबर तीनको अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर असार ११ गते आइतबारबाट निष्काशन हुँदैछ । बैंकले एक सय अङ्कित मूल्यमा २४ करोड १३ लाख १३ हजार ७६० रुपैँयाको २४ लाख १३ हजार एक सय ३७.६० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकको हकप्रदमा २०७३ मंसिर १० गतेसम्म कायम शेयरधनीले असार ११ देखि साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सेवा विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंकको हाल ८० करोड ४३ लाख ७९ हजार नौ सय ६० रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद बिक्रीपश्चात बैंकको पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार नौ सय ६० रुपैँया पुग्नेछ ।

बैंकले हकप्रद निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

हकप्रदमा शेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल, कामना विकास बैंकको केन्द्रिय कार्यालय सृजनाचोक पोखरा तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १० असार २०७४, शनिबार ०७:१०