सात अर्ब रुपैयाँको विकास ऋणपत्र जारी हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सात अर्ब रुपैयाँको विकास ऋणपत्र जारी हुँदै



काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले यही असार १३ गते सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले बोलकवोलको माध्यमद्धारा बिक्री गर्नेगरी पाँच बर्षिय अवधिको बिकास ऋणपत्र २०७९ ग बिक्री गर्न लागेको हो ।

ऋणपत्रत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकवोल पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । निष्काशन मिती २०७४ असार १४ गते र सावाँ भुक्तानी मिती २०७९ असार १४ गते तोकिएको ऋणपत्र खरिदको लागि यही असार १३ गते अपरान्ह तीन बजेसम्म राष्ट्रि बैैंकमा आवेदन दिनुुपर्ने छ ।

खरिद गरेको उक्त ऋपत्रमा अर्धबार्षिकरुपमा व्याज दिने र आर्जित व्याजमा कर लाग्ने राष्ट्र बैंकले जानकारी दिएको छ । खरिदकर्ताहरुलाई प्रतिस्पर्धी अप्रतिस्पर्धी समुहमा छुट्याएको र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात पाँच सय ६० करोड र एक सय ४० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर ऋणपत्र खरिद गर्न सकिने राष्ट्र बैैंकले जनाएको छ । राष्ट्र बैंकका खाता नभएका खरिदकर्ताहरुले खरिद गर्न चाहेको रकमको दुुई दसमलव ५० प्रतिसत रकम अर्नेष्ट मनीकारुपमा राष्ट्र बैंकको खातामा जम्मा गर्नुुपर्ने छ ।

अस्वीकृत बोलवालाहरुको अर्नेष्टमनी वापतको रकम बिक्री सम्बन्धी निर्णय भएको मितिले सात दिनभित्र बिना ब्याज फिर्ता हुने र खरिद गरेको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्चेन्ज मार्फत हुुने छ । यसबाहेक राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्सबाट ऋणपत्र धितो राखेर कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ११:१०