काठमाडौं । नयाँ गाडी खरिद गर्ने योजनामा रहेका ग्राहकलाई लक्षित गर्दै टाटा मोटर्सले ‘मनसुन एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ। कम्पनीले भोलिदेखि आउँदो आइतबार (असार २८ गते) सम्म देशभरका टाटा शोरुमहरूमा विशेष एक्सचेन्ज मेला सञ्चालन गर्ने जनाएको छ।
तीन दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकले आफ्ना पुराना गाडी साटेर टाटाका अत्याधुनिक गाडी सहज रूपमा खरिद गर्न सक्नेछन्। गाडी अपग्रेड गर्न चाहने ग्राहकका लागि यो मेला विशेष अवसर हुने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार ग्राहकले आफ्नो पुरानो गाडीको बजारकै उत्कृष्ट मूल्याङ्कन पाउनुका साथै आकर्षक नगद छुटको सुविधा पनि प्राप्त गर्नेछन्। विशेषगरी विद्युतीय (ईभी) गाडी खरिद गर्ने ग्राहकलाई जीवनभर निःशुल्क डीसी फास्ट चार्जिङ, घरमै निःशुल्क चार्जर जडान, प्रत्येक बुकिङमा सुनिश्चित उपहार, निःशुल्क एसेसरिज तथा एक वर्षको सवारी कर कम्पनीले नै व्यहोर्ने सुविधा प्रदान गरिनेछ।
कम्पनीले झन्झटरहित एक्सचेन्ज प्रक्रिया र विभिन्न निःशुल्क सुविधाका कारण पुरानो गाडी साटेर नयाँ गाडी खरिद गर्न चाहनेका लागि यो वर्षकै उत्कृष्ट अवसर हुने जनाएको छ।
टाटा मोटर्सका अनुसार मध्यम वर्गीय ग्राहकदेखि प्रिमियम तथा विलासी गाडी खोज्ने ग्राहकसम्मलाई लक्षित गरी ल्याइएको यस अफरले आर्थिक भार कम गर्दै नयाँ गाडी चढ्ने अवसर उपलब्ध गराउनेछ।






Comment