राष्ट्रिय सहकारी बैंकको २४औँ स्थापना दिवस : सदस्यको समृद्धिलाई केन्द्रमा राख्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको २४औँ स्थापना दिवस : सदस्यको समृद्धिलाई केन्द्रमा राख्ने घोषणा



काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंकका रूपमा स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेड २४औँ वर्षमा प्रवेश गरेको छ।

सहकारीको प्रवर्द्धन, विकास तथा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकारको समेत शेयर लगानीमा २०६० असार २५ गते स्थापना भएको बैंकले यस अवसरमा संस्थापक, सदस्य सहकारी संघ–संस्था, नेपाल सरकार, नियामक निकाय, सहकारी अभियन्ता तथा सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ।

बैंकले २३ वर्षको यात्रामा हासिल भएका उपलब्धि, संस्थागत अनुभव, निरन्तर सिकाइ र सदस्यहरूको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मानेको जनाएको छ।

आगामी दिनमा सहकारी क्षेत्रको वित्तीय सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन, डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा दिगो विकासलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता बैंकले जनाएको छ।

त्यसैगरी, सदस्यकेन्द्रित सेवा, उत्पादनशील क्षेत्रमा लगानी विस्तार, उद्यमशीलताको प्रवर्द्धन तथा नवप्रवर्तनमैत्री वित्तीय सेवामार्फत सहकारी संघ–संस्थाहरूको विश्वसनीय वित्तीय साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै सहकारी आन्दोलनको सुदृढीकरण र सदस्यहरूको समृद्धिका लागि निरन्तर सक्रिय रहने बैंकले जनाएको छ।

२४औँ स्थापना दिवसका अवसरमा बैंकले सहकारी क्षेत्रको दिगो विकास, सदस्यहरूको आर्थिक सशक्तीकरण तथा आधुनिक वित्तीय सेवाको विस्तारमा अझ सक्रिय भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेको छ।

प्रकाशित : 9 July, 2026 10:49 am