माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट



काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । उक्त अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका थिए।

बाँडफाँट परिणामअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ता सेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा सीडीएससीको मेरोसेयर तथा आईपीओ नतिजा प्रणालीमार्फत हेर्न सकिनेछ ।

प्रकाशित : 3 July, 2026 12:48 pm