एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । असार ११ गते बसेको संस्थाको सञ्चालक समितिको २६९ औं बैठकले शर्मालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई सोही मितिदेखि नै लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ । शर्माको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित : 26 June, 2026 3:16 pm