एनआइसी एसियाको लिलामीमा राखिएको हकप्रदमा आबेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसी एसियाको लिलामीमा राखिएको हकप्रदमा आबेदन दिने आज अन्तिम दिन



काठमाडाै ८ असार । एनआईसी एसिया बैंकको लिलाम बढाबढमा बिक्रिमा राखिएको अवितरित हकप्रद सेयरमा आबेदन दिने आज अन्तिम दिन हो।बैंकले २ लाख ९८ हजार ५ सय ३६ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले असार १ देखि असार ८ अर्थात आजसम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ। बैंकले गत चैत १६ देखि बैशाख १९ सम्म १०० बराबर १५ कित्ता अर्थात १५ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलमा असार ८ गते अर्थात आज बैंकिङ समय ३ बजेसम्म आबेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यलयमा असार ९ मा १:३० बजे खोलिने छ।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले एनआईसी एसिया क्यापिटलको नाममा एनआईसी एसियामा रहेको खाता नम्बर ५४४४४५१०२५५२४००६ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै एनआइसी एसिया क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०३:०६