सहकारी र सुकुमवासी समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सहकारी र सुकुमवासी समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्तमान कार्यकालभित्रै सुकुमवासी र सहकारी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले जनतासामु गरेका प्रतिबद्धता यही कार्यकालमा पूरा गर्ने बताएका हुन्।

‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं। यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं। अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो,’ प्रधानमन्त्री शाहले भने।

उनले सरकारले दीर्घकालीन रूपमा थाँती रहेका समस्याको समाधानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी निर्वाचनमा उपलब्धि र नयाँ योजनासहित जनतामाझ जाने धारणा व्यक्त गरे।

प्रकाशित : 21 June, 2026 6:39 pm