मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैनः बालेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैनः बालेन



काठमाडौं । बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले हालै सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर उठेका विवादप्रति संकेत गर्दै आफूले राष्ट्रिय हित र तथ्यका आधारमा धारणा राखेको बताए।

‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन,’ उनले भने।

शाहले नेपालको सीमा सम्बन्धी विषयमा प्रमाण र तथ्य खोज्ने क्रममा सम्बन्धित स्थानसम्म पुगेर अध्ययन गर्नुपर्ने आशय व्यक्त गरेको स्पष्ट पारे। आफ्नो भनाइलाई अन्यथा अर्थ लगाइएको संकेत गर्दै उनले राष्ट्रिय स्वार्थका विषयमा आफू सधैं स्पष्ट र प्रतिबद्ध रहेको बताए।

प्रकाशित : 21 June, 2026 6:01 pm