नेप्से ३ दशमलव ६२ अंकले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ३ दशमलव ६२ अंकले उकालो लाग्यो



काठमाडौँ ७ असार ।धेरै दिन देखि ओरालो लागेको नेप्से बुधबार भने उकालो लागेको छ । बुधबार नेप्से ३ दशमलव ६२ अंकले उकालो लागेको छ। यस दिन कारोबार मा आएका १५२ कम्पनी को ८ लाख ९३ हजार ६ सय ८८ कित्ता सेयरबाट ४६ करोड ७५ लाख १८ हजार ७ रुपैयाको कारोबार भएको छ।
बुधबार बैँक, होटेल, विकास बँैक, र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । बुधबार इन्स्योरेन्स समुहले बजार बढएको छ । बुधबार इन्स्योरेन्स समुह ३२ दशमलव ०३ अंकले उकालो लागेको छ । बुधबार होटल समुह ६ दशमलव ६९ अंकले, बैँक समुह ४ दशमलव ५३ अंकले र विकास बैँक समुह ३ दशमव १६ अंकले उकालो लागेको छ ।
बुधबार उतपादनमुलक समुह ८ दशमलव ०२ अंकले, जलविधुत समुह १ दशमलव ५३ अंकले, फाइनान्स समुह १ दशमलव ४६ अंकले र अन्य समुह १ दशमलव १६ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ०९:३५