काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी आन्दोलनले विश्वभर आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याउँदै आएको बताएकी छन् ।
शनिबार अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको कार्यक्रममा बोल्दै उनले विशेषगरी महिला सशक्तीकरण, आत्मनिर्भरता तथा नेतृत्व विकासमा सहकारी क्षेत्रको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘सहकारी आन्दोलनले विश्वभर आर्थिक सामाजिक सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विशेषगरी महिलाको सशक्तीकरण र आत्मनिर्भरता र नेतृत्व विकासमा सहकारीको भूमिका अत्यन्तै प्रशसनीय छ ।’
उनले सहकारितामार्फत महिलाहरूले बचत, लगानी, उद्यमशीलता, रोजगारी तथा निर्णय प्रक्रियामा सहभागिताको अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।
‘सहकारिताले महिलाहरूलाई बचत लगानी, उद्योमशिलता, रोजगार क्षेत्रमा अत्यन्तै ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ । विश्वमा महिलाहरूको सहभागिता विना दिगो विकासको परिकल्पना सकिदैन्,’ उनले भनिन् ।
महिलाको सक्रिय सहभागिताविना दिगो विकासको परिकल्पना सम्भव नभएको उल्लेख गर्दै उनले महिलाहरू परिवारका आधारस्तम्भ मात्र नभई समाज, राष्ट्र र विश्व अर्थतन्त्रका प्रमुख चालक शक्ति रहेको बताइन् ।
उनले भनिन्, ‘महिलाहरू केवल परिवारका आधारस्तम्भ मात्र होइन समाज र राष्ट्र विश्व अर्थतन्त्रका महत्त्वपूर्ण चालक शक्ति पनि हुन् । त्यसैले सहकारी क्षेत्रले महिलाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र आर्थिक अवसर विस्तारमा अझ बढी ध्यान दिइरहेको छ ।’
उनले सहकारी क्षेत्रले महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा आर्थिक अवसर विस्तारका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।






Comment