काठमाडाै । एभरेष्ट कलर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) बिहीबार बिहान बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख ५५ हजार ७०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
आईपीओमा २६ लाख ८७ हजार ४२१ आवेदन परेकोमा छानबिनपछि २६ लाख ४१ हजार ९५९ आवेदन योग्य ठहरिएका थिए।
योग्य आवेदकमध्ये गोलाप्रथामार्फत ६५ हजार ५७० जना आवेदकले १०–१० कित्ता शेयर प्राप्त गरेका छन्। बाँकी करिब २५ लाख ७६ हजार योग्य आवेदक भने शेयरबाट वञ्चित भएका छन्।
बाँडफाँटको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, सीडीएससीको मेरोशेयर, तथा सी–आस्बा प्रणालीमार्फत हेर्न सकिनेछ।






Comment