सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजार आवेदकले पाए १० कित्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजार आवेदकले पाए १० कित्ता



काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओ बाडफाड भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ सोमबार बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्पन्न गरेको हो।

जेठ १८ गतेदेखि २१ गतेसम्म खुला गरिएको आईपीओमा अपेक्षाभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा मार्फत शेयर वितरण गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो।

बाँडफाँडका अनुसार कुल २७ लाख ५९ हजार ४९० जनाले आवेदन दिएका थिए। तीमध्ये २७ लाख २७ हजार ५१५ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदनको संख्या उपलब्ध शेयरभन्दा धेरै भएकाले गोलाप्रथाबाट ४ लाख ६७ हजार ४०० जनालाई मात्र १०र१० कित्ताका दरले शेयर वितरण गरिएको छ।

यससँगै करिब २२ लाख ६० हजारभन्दा बढी आवेदकले भने यसपटक शेयर प्राप्त गर्न सकेनन्। अर्थात् स्वीकृत आवेदनमध्ये झण्डै १७ प्रतिशत आवेदकले मात्र आईपीओ हात पारेका छन् भने ८३ प्रतिशतभन्दा बढी आवेदकको हात खाली भएको छ।

हालैका सार्वजनिक निष्काशनहरूमा जस्तै सानिगाड हाइड्रोको आईपीओमा पनि सर्वसाधारणको उच्च सहभागिता देखिएको छ। सीमित शेयर र अत्यधिक आवेदनका कारण अधिकांश लगानीकर्ता गोलाप्रथामा पराजित भएका छन्।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, कम्पनीको वेबसाइट तथा मेरो शेयरमार्फत हेर्न सकिनेछ।

प्रकाशित : 15 June, 2026 12:47 pm