नेप्से ४ दशमलव ०९ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ४ दशमलव ०९ अंकले ओरालो लाग्यो



काठमाडौँ ६ असार । सोमबार दोहोरो अंकले ओरालो लागेको नेप्से मंगलबार ४ दशमलव ०९ अंकले ओरालो लागेको छ। ।मंगलबार कारोबार मा आएका १४१ कम्पनी को ११ लाख ६२ हजार २ सय ३९ कित्ता सेयरबाट ५७ करोड ९२ लाख ३७ हजार ३ सय २७ रुपैयाको कारोबार भएको छ।
मंगलबार जलविधुत, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । मंगलबार जलविधुत समुह ४ दशमलव ८८ अंकले , अन्य समुह ४ दशमलव ६३ अंकले र उतपादनमुलक समुह ० दशमलव ६८ अंकले उकालो लागेको छ।
मंगलबार इन्स्योरेन्स समुह २९ दशमलव ३८ अंकले, विकास बैँक समुह ८ दशमलव ९८ अंकले, होटल समुह ८ दशमलव ९१ अंकले,बैँक समुह ४ दशमलव ६७ अंकले, र फाइनान्स समुह ३ दशमलव ०७ अंकले ओरालो लागेको छ ।

 

 

प्रकाशित : ६ असार २०७४, मंगलवार ०९:५५