काठमाडौं । बुधबार कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।






Comment