सर्वाेच्चले माग्यो निर्वाचन आयोगको सक्कली निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सर्वाेच्चले माग्यो निर्वाचन आयोगको सक्कली निर्णय



काठमाडौं ६ जेठ । सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको सक्कल निर्णय मागेको छ । मंगलबार कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजालसले आयोगको निर्णयको सक्कल फाइल मागेको हो ।

यस अघि जेठ २२ गते न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । जेड २८ गतेका लागि तोकिएको पेशी सरेर असार ६ गते सरेको थियो ।

नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०७:०७