बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’



रामेछाप । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारी आवागमन रोकिएको जनाइएको छ ।

प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी दिइनेछ ।

सुरक्षाका लागि यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

गत वर्ष आएको बाढीले बगाएको बीपी राजमार्गको रोशी खण्डमा क्षति पुगेको छ । सो स्थानमा सडक निर्माण नहुँदा खोलाबाट नै सडक सञ्चालन गरिएको छ । खोलामा सानो बाढी आउने बित्तिकै सडक रोकिने गरेको छ ।

प्रकाशित : 9 June, 2026 4:03 pm