शंकर र मनिषाको मार्मिक गीत ‘भेट हुँदैन् होला …’ सार्बजनिक (भिडियोसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शंकर र मनिषाको मार्मिक गीत ‘भेट हुँदैन् होला …’ सार्बजनिक (भिडियोसहित)



काठमाडौं ६ जेठ । लोकगीत संगीतको क्षेत्रमा नयाँ गीत सार्वजनिक भएको छ । शंकर ढकालको लय तथा शब्द रहेको उक्त गीतमा ढकाल स्वयंम र नवगायिका मनिषा शर्माको ‘भेट हुँदैन् होला …’ बोलको गीत हालै सार्वजनिक भएको हो ।

मनिषा शर्मा

ढकालले यसअघि केहि गीतहरुको रचना गरिसकेका छन् भने गायिका शर्माले यहि गीतबाट लोकगीतको क्षेत्रमा प्रवेश गरेकी हुन् । सार्वजनिक गीतको भिडियोमा प्रेममा हुने धोका, प्रेम र रोमान्सलाई दर्शाउन खोजिएको छ । म्युजिक ल्याबको प्रस्तुती रहेको उक्त भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका छन् ।

काठमाडौं आसपासका सुन्दर दृश्यहरु समेटिएको म्युजिक भिडियोमा मोडल विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेले सुन्दर अभिनय रहेको छ ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०६:२३